दुबईमा दाङका एक पुरूषकाे काेराेनाका कारण मृत्युु – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

दुबईमा दाङका एक पुरूषकाे काेराेनाका कारण मृत्युु

    मा प्रकाशित

कनिका खबर

जेठ ३२, दाङ ।

दुबईमा काेभिड १९ का कारण दाङका एक नेपालीको मृत्यु भएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी निवासी ३९ वर्षिय धनीराम सुवेदीको जेठ ३० गते कोरोनाका कारण मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

सुवेदीले दुबईमा अाफ्नै होटल समेत सञ्चालन गर्दै अाएका थिए । होटल सञ्चालनका क्रममा उनी सामाजिक अभियान्ताको रूपमा राहत वितरण गर्दै जाँदा एक्कासी निमोनिया भएपछि २१ दिन हस्पिटलमा भर्ना भएका थिए ।

सुवेदीको दुवईमै पिसिअार परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।उनको उपचारकै क्रममा निधन भएको बताइएको छ ।

रिपोर्ट झिकाउन नेपालबाट सिफारिस बनाएर दुबईस्थित नेपाली दूतावासमा पठाउनुपर्ने भएकोले आज रिपोर्ट बनाएर पठाउने प्रक्रियामा रहेको पारिवारिक स्रोतले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्