आजदेखि सबै विद्यार्थीका लागि दुर तथा खुला शिक्षा सञ्चालन गर्दैै, प्रभावकारितामाथि प्रश्न – Kanika Khabar
Wednesday, September 16Nepali News Portal

आजदेखि सबै विद्यार्थीका लागि दुर तथा खुला शिक्षा सञ्चालन गर्दैै, प्रभावकारितामाथि प्रश्न

    मा प्रकाशित

कनिका संवाददाता
असार १, दाङ
सरकारले आजदेखि सबै विद्यार्थीका लागि दुर तथा खुला शिक्षा सञ्चालन गरेको छ । वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गर्दै वैकल्पिक पठनपाठन अघि बढाइएको हो । निर्देशिका अनुसार दुर तथा खुला शिक्षालाई पाँच समूहमा विभाजन गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको हो ।
निर्देशिका जारी गर्दै शिक्षा मन्त्रालयले दुरशिक्षा कार्यक्रमलाई कार्यान्वयन गराउन संघ प्रदेश र स्थानीय तहका सम्बद्ध निकायलाई निर्देशन दिइसकेको छ । नेपालमा गत शैक्षिक सत्रको अन्तिम महिना चैतको सुरुदेखि नै नियमित पठनपाठन अवरुद्ध हुँदै आएको छ ।
कोरोना महामारीका कारण लागु गरिएको बन्दाबन्दीका माझ लाखौँ विद्यार्थी अहिले घरमै रहेका छन् । सहरी क्षेत्रका कतिपय निजी विद्यालयले वैशाखदेखि नै अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्