आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटमा आज नेपाल र फिलिपिन्स खेल्दै – Kanika Khabar
Sunday, May 19Nepali News Portal

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटमा आज नेपाल र फिलिपिन्स खेल्दै

    मा प्रकाशित

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ । अल अमेरात क्रिकेट मैदानमा हुने नेपाल र फिलिपिन्सबीचको खेल बिहान ११ः४५ मा सुरु हुनेछ ।

 

छनोटको समूह ‘ए’ मा रहेको नेपाल आज फिलिपिन्सलाई हराउँदै छनोटमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो । यसअघि हिजो भएको खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गर्दै जित हात पारेको थियो । जितसँगै नेपाल २ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।फिलिपिन्स भने पहिलो जितको खोजीमा रहेको छ ।

 

पहिलो खेलमा फिलिपिन्स क्यानडासँग पराजित भएको थियो ।यस्तै नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रअरी २१ मा खेल्ने तालिका रहेको छ।समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्