नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी भुर्तेलको आईसीसी टी–ट्वान्टीको वरीयता सुध्रियो – Kanika Khabar
Thursday, May 16Nepali News Portal

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी भुर्तेलको आईसीसी टी–ट्वान्टीको वरीयता सुध्रियो

    मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमको खेलाडी कुशल भुर्तेलको आईसीसी टी–ट्वान्टीको ब्याटिङतर्फको वरीयतामा सुधार भएको छ । वरीयताक्रममा कुशल ८ स्थान माथि उक्लिदै ३१ औ स्थानमा पुग्नुभएको छ ।

यस अघि उहाँ ३९ औं स्थानमा हुनुहुन्थ्यो । यस्तै टिमका दिपेन्द्र सिंह ऐरीको एक स्थान तल झर्नुभएको छ । ऐरी ४९ औं स्थानबाट एक स्थान तल झर्दै ५० औं स्थानमा पुग्नुभएको छ ।

टी–ट्वान्टीको बलिङतर्फको वरीयताक्रममा सन्दीप लामिछाने ३६ औं स्थानमा पुग्नुभएको छ ।सन्दीप यस अघि ४३ औं स्थानमा रहनुभएको थियो । यस्तै अविनाश बोहरा भने ८६ औं स्थानमा यथावत रहनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्