नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण अर्को महिनाबाट सुरु हुने – Kanika Khabar
Saturday, April 27Nepali News Portal

नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण अर्को महिनाबाट सुरु हुने

    मा प्रकाशित

कनिका खबर
असार ३ दाङ ।
नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण अर्को महिनाबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आपतकालिन बैठकले विश्वकप छनोट खेलिरहेको टिमको प्रशिक्षण जुलाईबाट गर्ने निर्णय गरेको हो ।
कोरोना भाईरसको महामारीको कारण गत मार्चबाट टिमको प्रशिक्षण रोकिएको थियो । तर, विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको बाँकी खेल अक्टोबरबाट सुचारु हुने भएपछि नेपालले जुलाईबाट प्रशिक्षण थाल्ने भएको हो । एसियन फुटबल फेडेरसन (एएफसी) ले विश्वकप छनोट र एएफसी एसियन कप छनोट अन्तर्गत बाँकी रहेको खेल अक्टोबर र नोभेम्बरमा गर्ने निर्णय गरिसकेको छ । छनौटमा अब नेपालले ३ घरेलु खेल खेल्न बाँकी रहेको छ ।
समूह बी को नेपालले अवे खेल खेलिसकेको छ । अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । दशरथ रंगशाला तयार नभएको कारण नेपालले कुवेतविरुद्धको होम गेम भुटानमा खेलेको थियो । छनोट अन्तर्गत नेपाल पहिलो लेगको खेलमा कुवेतसंग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो । यस्तै, अष्ट्रेलियासँग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो । अवे खेल अन्तर्गत नेपालले चाईनिज ताईपेलाई २–० ले हराएको थियो । यस्तै एन्फाले राष्ट्रिय टिममा रहेका ३५।३५ महिला र पुरुष खेलाडीको कोरोना बिमा गर्ने निर्णय गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्