गृहमन्त्रीले मागे समय नागरिकता विधेयकमा राजनीतिक सहमति जुटाउन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

गृहमन्त्रीले मागे समय नागरिकता विधेयकमा राजनीतिक सहमति जुटाउन

    मा प्रकाशित

कनिका खबर
असार ३, दाङ ।
झन्डै दुई वर्षदेखि संसदमा अड्किएको नागरिकता विधेयकमा सहमति जुटाउनका लागि गृहमन्त्री रामबहादुर थापाले समय माग गरेका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा विधेयकमाथिको छलफलमा गृहमन्त्री थापाले राजनीतिक दल र संसदमा सहमति जुटाउनका लागि समय माग गरेका हुन् । विधेयकमा मतदान गर्ने तयारीका साथ समिति सभापति शशी श्रेष्ठले बैठक बोलाएका हुन् ।
विषय गम्भीर भएकाले सहमतिमा नै टुंग्याउन जरुरी रहेको गृहमन्त्री थापाले बताए । गृहमन्त्री थापाले सरकार र राजनीतिक तहमा पनि छलफल गर्नुपर्ने भएकाले समितिमा थप छलफल गर्न नहुने बताएका हुन् । समितिमा प्रमुख प्रतिपक्षी काँग्रेसका सांसद दिलेन्द्र बडुले अंगीकृत नागरिकताको अहिलेको व्यवस्था नै सही भएको भन्ने पार्टीको निर्णय बताए ।
हिजोको बैठकमा बडुले पार्टीमा छलफल गर्नका लागि समय माग गरेका थिए । समितिले सात वर्षपछि मात्रै नेपाली पुरुषसँग विवाह गरेर आउने महिलालाई अंगीकृत नागरिकता दिने व्यवस्था प्रस्ताव गरेको थियो । सात वर्षपछि दिने व्यवस्था राख्नु संविधान विरोधी हुने बडुले बताए । नेकपाका सांसदले सरकारले विधेयकमा छलफल नचाहेकाले थप छलफल गर्नुको औचित्य नहुने बताएका छन् । सांसद जनार्दन शर्माले सहमतिबाट खोज्नुपर्ने बताएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्