एन्फाले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र सदस्य दावा लामाको जिम्मेवारी खोस्यो – Kanika Khabar
Saturday, April 20Nepali News Portal

एन्फाले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र सदस्य दावा लामाको जिम्मेवारी खोस्यो

    मा प्रकाशित

पहिरोले अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ ।
कनिका डेस्क
आसार ३, दाङ ।

अखिल नेपाल फुटबल संघ(एन्फा) ले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र सदस्य दावा लामाको जिम्मेवारी खोसेको छ । उनीहरुको स्थानमा मानार्थ उपाध्यक्ष शिक्षित पराजुली, उपाध्यक्ष वीरबहादुर खड्का र केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

एन्फाले संस्थाको पदपूर्ति समितिमा शिक्षित पराजुली र संघ सदस्य समन्वय समितिमा वीरबहादुर खड्कालाई संयोजक तोकेको छ । यसअघि दुवै समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ थिए ।

यस्तै फुटसल समितिको संयोजक रहेका दावा लामालाई हटाएर रत्नकुमार श्रेष्ठलाई संयोजकको जिम्मेवारी दिएको छ ।

एन्फाले समितिको अरु सदस्यको जिम्मेवारी भने यथावत राखेको छ ।

पछिल्लो समय वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र सदस्य दावा लामाले ए अध्यक्ष कर्मा छिरिङ शेर्पासँग फरक मत राख्दै आएका थिए ।

अध्यक्ष शेर्पाले आफ्नो अधिकार प्रयोग गरेर समितिमा उनीहरुलाई नियुक्त गरेको एक पदाधिकारिले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्