घोराहीका सुन तथा कपडा व्यवसाय बन्द – Kanika Khabar
Thursday, April 25Nepali News Portal

घोराहीका सुन तथा कपडा व्यवसाय बन्द

    मा प्रकाशित

कनिका खबर
असार ३, दाङ ।
कोरोना सङ्क्रमण बढ्दै जान थालेपछि दाङको घोराहीमा आजदेखि सुनचाँदी पसल अनिश्चितकालीन बन्द भएका छन् । घोराही क्षेत्रका सम्पूणर् सुनचाँदी पसल अर्को निणर्य नहुँदासम्म बन्द हुने सुनचाँदी व्यवसायी समितिले जनाएको छ । पसल बन्द हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा याचना गरेको छ ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि भोलि बिहीबारदेखि सिलाई व्यवसाय बन्द गरिएको छ । लकडाउन खुकुलो भए पनि सञ्चालनमा आएका व्यवसाय जिल्लामा संक्रमितहरुको संख्या बृद्धि भएसँगै बन्द भएका हुन् ।
यसैगरेर सिलाई तथा कपडा व्यवसायी संघ दाङले जिल्लाभरका सम्पूणर् कपडा व्यवसाय विहीवारदेखि बन्द गर्ने भनेको छ । संघको बुधवार बसेको बैठकले यस्तो निणर्य गरेको हो । ग्राहकवर्गसँग दूरी कायम गरी काम गर्ने नसकिने भएको व्यवसाय खोलेर आफूलगायत घरपरिवार समेत असुरक्षित हुने भएकाले सहज वातावरण नहुँदासम्म बन्द गर्ने निणर्य गरेको हो । बैठक संघका अध्यक्ष चुणर्बहादुर नेपालीको अध्यक्षतामा भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्