लागु औषध कारोवारीहरु पक्राउ – Kanika Khabar
Friday, March 13Nepali News Portal

लागु औषध कारोवारीहरु पक्राउ

    मा प्रकाशित

कनिका खबर
असार ३, दाङ ।

दाङमा आज बुधबार लागु औषध कारोवारीहरुलाई पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमके निवासी २३ बर्षीय लोकबहादुर थापालाई आज पक्राउ गरिएको हो ।

प्रतिवादी बबि पुन समेत भएको लागु औषध ब्राउन सुगर मुद्दामा गएको वर्ष भदौ २६ गतेदेखि फारार रहेका थापालाई आज दिउँसो साढे २ बजेतिर पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घोराहीबाट रा ४ प २८७६ नम्बरको मोटरसाईकलमा तुलसीपुर जाँदै गर्दा १ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित दुधरासबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट ३३ हजार नगद समेत बरामद गरिएको छ । साथै लागु औषध मुद्दामा अनुसन्धानको क्रममा रहेका शंकर पुनको श्रीमती घोराही उपमहानगरपालिका वडा नं ५ निवासी २० बर्षीया सरिता परियार पुनलाई समेत नियन्त्रणमा लिईएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्