तीन दिन अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन – Kanika Khabar
Thursday, August 27Nepali News Portal

तीन दिन अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

    मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालैको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन तीन दिन अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई भदौ १२ देखि १४ गतेसम्म अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको हो । राष्ट्र बैंकले सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई सेवा सञ्चालनको जानकारी उपयुक्त माध्यमबाट सेवाग्राही तथा सरोकारवालालाई गराउनसमेत निर्देशन दिएको छ ।

बाढी प्रभावितलाई राहत वितरण तथा उद्धार कार्यमा आवश्यक बैंकिङ सेवा उपलब्ध गराउन यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्