साफ १८ वर्ष मुनिको महिला च्याम्पियनसिप फुटबल आजबाट सुरु हुँदै – Kanika Khabar
Wednesday, May 15Nepali News Portal

साफ १८ वर्ष मुनिको महिला च्याम्पियनसिप फुटबल आजबाट सुरु हुँदै

    मा प्रकाशित

चैत्र १, काठमाडौँ ।
साफ १८ वर्ष मुनिको महिला च्याम्पियनसिप फुटबल आजबाट सुरु हुँदैछ । भारतको जमसेदपुरमा सुरु हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्ने भएको छ ।

 

नेपाल र भारतबीचको खेल साँझ ७ः१५ मा सुरु हुनेछ ।नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन ।

 

भारत पनि नेपाललाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहेको छ ।यस्तै नेपालले दोस्रो खेलमा मार्च १७ मा बङ्गलादेशको सामना गर्नेछ भने मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बङ्गलादेशसँग खेल्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्