चैतभित्रै मेलम्चीको पानी काठमाडौँ पुर्‍याउँछौँ : मन्त्री चौधरी – Kanika Khabar
Saturday, May 18Nepali News Portal

चैतभित्रै मेलम्चीको पानी काठमाडौँ पुर्‍याउँछौँ : मन्त्री चौधरी

    मा प्रकाशित

देवराज सुवेदी
चैत्र २, सिन्धुपाल्चोक ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले चैत मासन्तभित्रै मेलम्चीको पानी काठमाडौँ पुग्ने गरी काम गर्न मेलम्ची खानेपनी विकास समिति तथा सम्बद्ध सबै निकायलाई निर्देशन दिनुभएको छ । आज सुन्दरीजल सुरुङ हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै चैतसम्म जसरी पनि पानी काठमाडाँै पु¥याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन दिनुभएको हो ।

मन्त्री चौधरीले डलरमा रकम भुक्तानी गर्न केही समय लागेको तर नेपाली रुपैयाँ सरकारले ठेकेदारलाई सम्झौताअनुसार भुक्तानी गरिरहेको प्रष्ट पार्नुभयो । स्थानीय प्रभावित, बाढी प्रभावितको मागमा मन्त्रालय, खानेपानी विकास समिति र सरोकारवाला सरकारी निकाय सकारात्मक रहेको पनि उहाँले बताउनुभयो ।उहाँले सरकारको लक्ष्यअनुसार चैतसम्म पानी काठमाण्डौ लैजाने गरी काम भइरहेको जानकारी दिनुभयो ।

 

मुहानमा थुप्रिएको पहिरो र गेग्रान सरसफाइको काम ७० प्रतिशत सकिएको छ ।काठमाडाँै आइसकेको मेलम्ची खानेपानी आयोजनामा गएको बर्खाको बाढीले क्षति पु¥याएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्