दाङमा १ हजार ६ सय म्यादी प्रहरीको माग – Kanika Khabar
Saturday, May 18Nepali News Portal

दाङमा १ हजार ६ सय म्यादी प्रहरीको माग

    मा प्रकाशित
फाइल तस्बीर

जयन्ती चौधरी
चैत्र ६, दाङ /
स्थानीय तह निर्वाचनका लागि दाङमा १६ सय जनाको लागि आवेदन खुलेको छ । जिल्लामा १६ सय जना म्यादी प्रहरीका लागि आवेदन खुल्ला गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।

आज आइतबारदेखि आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको हो ।

मापदण्ड पूरा गरेर आउने महिला तथा पुरुष गरी १६ सय जनाको लागि आवेदन खुलेको काफ्ले बताउनुभयो ।

आजदेखि ११ गतेसम्म १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्ने पनि उनले जानकारी दिनुभयो । भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुने उल्लेख छ ।साथै एसपी काफ्लेले ४० दिनका लागि म्यादी प्रहरीमा भर्ना गर्न लागिएको बताउनुभयो ।

म्यादी प्रहरीमा भर्ना हुन ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिने पनि एसपी काफ्लेले बताउनुभयो । ४० दिनका लागि म्यादी प्रहरीमा भर्ना हुने म्यादी प्रहरीले प्रहरी जवानसरह नै सेवा सुविधा पाउनेछन् । म्यादी प्रहरीको प्रशिक्षण आउँदो २८ गतेदेखि सुरु हुने हुँदैछ ।

म्यादी प्रहरीले दिनको सात सय ५६ रुपैयाँका दरले तलब पाउनेछन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च पाउने छन् ।

देशभरका ७७ वटै जिल्लामा स्थानीय चुनावका लागि एक लाख जना म्यादी प्रहरी माग गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्