च्याम्पियन्स लिग फुटबल अगष्ट ७ बाट सुचारु हुने – Kanika Khabar
Friday, April 26Nepali News Portal

च्याम्पियन्स लिग फुटबल अगष्ट ७ बाट सुचारु हुने

    मा प्रकाशित

असार ४, दाङ ।
कोरोना भाईरसको महामारीको कारण स्थगित च्याम्पियन्स लिग फुटबल अगष्ट ७ बाट सुचारु हुने भएको छ । युनियन अफ युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले बुधबार च्याम्पियन्स लिग अगष्ट ७ बाट सुचारु गर्ने निर्णय गरेको हो । कोरोनाको कारण गत मार्चबाट च्याम्पियन्स लिग स्थगित गरिएको थियो । अन्तिम १६ का खेलहरु चलिरहदा लिग स्थगित भएको थियो ।
अन्तिम १६ को दोस्रो लेगको खेल स्थल भने तय भएको छैन । तर, यूएईएफएले क्वाटरफाइनल पछिका खेल पोर्चुगलको लिस्बनमा १२ दिन भित्र सक्ने जनाएको छ । फाइनल खेल अगष्ट २३ मा हुनेछ । च्याम्पियन्स लिगको क्वाटरफाइनल पछिका खेलहरु एक लेगको हुनेछ । सम्पूर्ण खेलहरु बन्द रंगशालामा हुनेछ । (समाचार एजेन्सी)

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्