आज विश्व पानी दिवस, ८८ प्रतिशत नागरिक पिउने पानीको पहुँचमा – Kanika Khabar
Saturday, May 18Nepali News Portal

आज विश्व पानी दिवस, ८८ प्रतिशत नागरिक पिउने पानीको पहुँचमा

    मा प्रकाशित

चैत्र ८, दाङ ।
आज विश्व पानी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘अदृश्य भूमिगत पानीलाई दृश्य बनाऔँ’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा खानेपानी मन्त्रालयलगायत सरोकारवाला निकायको आयोजनामा काठमाडौँको सुन्दरीजलमा विशेष कार्यक्रम हुँदैछ ।

प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवसको अवसरमा नेपाल सरकारले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो ।

सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रूपरेखालाई आत्मसात गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको थियो । नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै सहर, बजार र गाउँमा खानेपानीको समस्या छ । पाइप प्रणालीबाट ८८ प्रतिशत नागरिकले पानीको उपयोग गरिरहेको सरकारको दावी छ ।
यसैबीचराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व पानी दिवसको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश एवं प्रदुषणका कारण यस्ता स्रोतहरू नष्ट भइरहेको हुँदा सबैले यसको संरक्षणमा ध्यान दिनुपर्ने पनि उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिँदै जलस्रोतको ठूलो अंश मानिने भूमिगत जलस्रोतको प्रयोगमा जनसङ्ख्याको ठूलो हिस्सा आश्रित रहेको बताउनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्