रूसमा कोरोना भाइरस संक्रमणका कारण ५ सय चिकित्सको मृत्यु – Kanika Khabar
Thursday, March 20Nepali News Portal

रूसमा कोरोना भाइरस संक्रमणका कारण ५ सय चिकित्सको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असार ४, दाङ ।

रूसमा कोरोना भाइरस संक्रमणका कारण झन्डै पाँच सय चिकित्सकहरुको मृत्यु भएको छ । रूसको स्वास्थ्य क्षेत्रमा काम गर्ने सरकारी संस्था रोजद्रावनादजोरले कोरोना भाइरस संक्रमणका कारण हालसम्म पाँच सय जना चिकित्सकहरुको मृत्यु भएको बताएको छ । रोजद्रावनादजोरका प्रमुख अला सामोइलोवाले सुरक्षा उपकरण अभाव र आपूर्तिमा समस्या भएका कारण रूसमा ठूलो संख्यामा चिकित्सकहरुको मृत्यु भएको बताउनुभएको छ । उनले यदि यो समस्या तत्काल समाधान गरिएन भने आगामी दिनमा यो संख्या दोब्बरले बढ्ने चेतावनी समेत दिए । रूसमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण ५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने ७ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्