कनिका खबर
असार ४, काठमाडौँ ।
अन्ततः राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक प्रमाणीकरण भएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको विधेयक बिहीबार अपरान्ह राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै उक्त विधेयक अब संविधानको अंग बनेको छ । उक्त विधेयक राजपत्रमा पनि प्रकाशित हुनेछ । राजपत्रमा अङ्कित गराउने प्रावधान रहेको छ ।