भोलि झलनाथ दाङ आउँदै – Kanika Khabar
Monday, April 29Nepali News Portal

भोलि झलनाथ दाङ आउँदै

    मा प्रकाशित

दाङ,२० चैत ।

घोराहीका पुरानो बसपार्कको सभागृहमा संचालन हुन लागेको बृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्न पूर्वप्रधानमन्त्री एव नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल दाङ आउने भएका छन् । नेकपा एकिकृत समाजवादी दाङले चैत २१ गते सोमवार घोराहीमा गर्न थालेको शक्ति प्रदर्शनलाई पूर्वप्रधानमन्त्री एव नेता खनालले घोराहीमा सम्वोधन गर्नेछन् ।

उक्त शक्ति प्रदर्शनमा जिल्लाका दश स्थानीय तह र एक सयवटै वडाबाट नागरिकको सहभागीता रहने एकीकृकत समाजवादी दाङका प्रचार विभाग प्रमुख दीपक कुमालले जानकारी दिएका छन् । उनका अनुसार कार्यक्रमलाई सफल बनाउन विभिन्न व्यक्तिलाई विभिन्न पदको जिम्मेवारीसमेत प्रदान गरिएको छ ।

चुणर्बहादुर वलीलाई जनपरिचालन उपसमिति संयोजक, गुरुप्रसाद महरालाई संस्कृतिक संयोजक, पाटीका जिल्ला अध्यक्ष शुरामणि बेल्वासेको संयाकत्वमा पाटी प्रवेश समितिको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै सचिवालय संयोजक प्रेम बुढालाई स्वयसेवक परिचालन समिति संयोजक, जिल्ला उपाध्यक्ष शोभा शाहलाई मञ्च व्यवस्थापन समितिको संयोजक, जिल्ला उपसचिव डिल्ली पुनलाई आर्थिक समिति संयोजक र प्रचार विभाग प्रमुख दिपक कुमाललाई प्रचारप्रसार संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्