प्रतिष्ठानमै गरिन्छ अत्याधुनिक प्रविधिले क्यान्सर परीक्षण – Kanika Khabar
Wednesday, May 15Nepali News Portal

प्रतिष्ठानमै गरिन्छ अत्याधुनिक प्रविधिले क्यान्सर परीक्षण

    मा प्रकाशित

दाङ, १७ वैशाख ।

दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठुलो सङ्ख्यामा क्यान्सर परीक्षण गरिएको छ । प्रतिष्ठानमा अत्याधुनिक प्रविधिको माध्यमबाट क्यान्सर परीक्षण गर्न सुरु गरिएको छ ।

प्रतिष्ठानका अनुसार एक हजार बढी विरामीको क्यान्सर भए नभएको बारेमा परीक्षण गरिएको छ । प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले प्रतिष्ठानमा सेवा लिन आएका १ हजार ५ सय ९९ जना विरामीहरुको क्यान्सर भए नभएको पत्ता लगाउन परीक्षण गरीएको जानकारी दिए । प्रतिष्ठानमा २०७९ साल फागुनदेखि हिस्टाे प्याथोलोजि(वायोप्सी) परीक्षणको सेवा सुरु भएको थियो । प्रतिष्ठानमा कार्यरत प्याथोलोस्ट डा. मधु सिग्देलले अघिल्लो वर्षको फागुनदेखि हाल चैत सम्म ९ सय ५७ जना बिरामीले हिस्टाे प्याथोलोजीको सेवा लिएको बताए ।

बिरामीको अप्रेसन गर्ने क्रममा मासुको सानो भाग निकालेर क्यान्सर भए नभएको पत्ता लगाउन हिस्टाे प्याथोलोजी गर्ने गरिन्छ । त्यस्तै उनका अनुसार गएको बैशाखदेखि चैत महिनासम्ममा सुइको माध्यमवाट क्यान्सर भए नभएको पत्ता लगाउन ३ सय ९८ जना बिरामीको बायोप्सी परीक्षण गरिएको छ ।

डा. सिग्देलले गएको बैशाखदेखि चैतसम्म पाठेघरको मुखको क्यान्सर भए नभएको पत्ता लगाउन २ सय ४४ जना परीक्षण गरिएको जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्