पुनः क्रिकेटमा फर्कदै श्रीसंत – Kanika Khabar
Friday, April 26Nepali News Portal

पुनः क्रिकेटमा फर्कदै श्रीसंत

    मा प्रकाशित

कनिका खवर
असार ४, दाङ ।
भारतका तीव्र गतिका बलर शान्ताकुमार श्रीसंत उनिमाथिको प्रतिबन्ध समाप्तीको समय आउँदै गर्दा क्रिकेट खेलमा पुनः फर्कन तयारी गर्दैछन् ।
आइपीएलमा स्पट फिक्सिङको कारणले बीसीसीआई द्वारा श्रीसंतमाथि आन्तरिक र वाह्य क्रिकेटमा ७ वर्षको प्रतिवन्ध लगाइएको थियो । आगामी सेप्टेम्बरमा उनिमाथि लगाईएको ७ वर्षे प्रति समाप्ती पश्चात केरलमा संचालन हुने रणजी ट्रफी संचालन हुदाँ टीमको छनौट गर्दा श्रीसंतको नाममा विचार गर्ने निर्णय केरल क्रिकेट संघले गरेको जनाएको छ । यस अघि उनिले आफ्नो फिटनेस प्रमाणित गर्नुपर्नछ ।
बीसीसीआईले २०१३मा आईपीएल स्पट फिक्सिङ को केसमा श्रीसंत माथि आजीवन प्रतिबंध लगाएको थियो । २०१५मा दिल्लीको एक विशेष अदालतले उनिमाथि लागेको आरोपबाट मुक्त गरिदिएको थियो । गत साल सुप्रीम कोर्टले उनिमाथि बीसीसीआईले लगाएको आरोपलाई सहिसावित गर्ने फैसला गरेको थियो तर बीसीसीआई द्वारा दिइएको सजाय कम गर्नको लागि आदेश दिएको थियो । त्यस पश्चात उनिमाथिको आजीवन प्रतिबन्धको सजायलाई कम गरेर ७ वर्षको प्रतिबन्ध कायम गरेको थियो ।
३७ वर्षीय श्रीसंतले प्रतिबन्धित हुनु अगाडीसम्म भारतको लागि २७ टेस्ट, ५३ वनडे र १० टि ट्वान्टी अन्तर्राष्ट्रिय म्याच खेलेका थिए जसमा क्रमशः ८७, ७५ र ७ विकेट लिएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्