रियल सोसिडाड डिपोर्टिभो एलाभेससँग पराजित – Kanika Khabar
Thursday, March 28Nepali News Portal

रियल सोसिडाड डिपोर्टिभो एलाभेससँग पराजित

    मा प्रकाशित

कनिका खबर
असार ५, दाङ
स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाड डिपोर्टिभो एलाभेससँग पराजित भएको छ ।

विहीबार राति भएको खेलमा एलाभेससँग सोसिडाड २९ ० ले पराजित भएको हो ।

खेलमा बल पोजेसनमा पकड बनाए पनि रियल सोसिडाडले घरेलु टोलीविरुद्ध गतिलो आक्रमण बुन्न नसक्दा पराजित भएको हो ।

५६औं मिनेटमा बोर्जा सेइनजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । खेलको अन्त्यतिर दुवै टोली १० खेलाडीमा समेटिन पुगेका थिए ।

एक गोलले पछि परेको रियल सोसिडाडका जोसेवा जाल्डुआ दोहोरो पँहेलो कार्डसहित मैदानबाट बाहिरिए । त्यसपछि घरेलु टोलीका थोमस पिना ८७औं मिनेटमा दोहोरो पँहेलो कार्डसहित मैदानबाट बाहिरिदा दुवै टोली १० खेलाडीमा समेटिएका थिए ।

इन्ज्युरी समयको अन्त्यतिर मार्टिन एगुइररेगाविरियाले गोल गर्दै एलाभेसलाई २–० को जीत दिलाए । जीतसँगै एलाभेस ३५ अंक जोडेर १२ औं स्थानमा उक्लिएको छ ।

हारसँगै रियल सोसिडाडले भने शीर्ष चारमा पर्ने मौका गुमाएको छ । सोसिडाड २९ खेलबाट ४७ अंक जोडेर छैठौँ स्थानमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्