मेलम्चीमा थपिए १८ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या २४ पुग्यो  – Kanika Khabar
Sunday, January 18Nepali News Portal

मेलम्चीमा थपिए १८ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या २४ पुग्यो 

    मा प्रकाशित

कनिका संवाददाता
असार ५, सिन्धुपाल्चोक
मेलम्चीको बाहुनेपाटीको क्वारेन्टाइनमा रहेका १३ जना र दोलखाबाट आएका मेलम्चीको क्षेत्रिय क्वारेन्टाइनमा बसेका ५ जनामा गरि सिन्धुपाल्चोकमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्ण तिवारीका अनुसार दोलखाबाट आएर क्षेत्रिय क्वारेन्टाइन मेलम्चीमा बसेका ८ जना र बाहुनेपाटीमा रहेका १८ जनाको गरी जम्मा २६ जनाको स्वाव संकलन गरि असार १ गते परिक्षणको लागि टेकु प्रयोगशाला काठमाडौं पठाइएकोमा १८ जनामा संक्रमण देखिएको हो । उनीहरूको रिपोर्ट गएराति आएको हो ।

संक्रमितहरू पाँचपोखरी गाउँपालिकाका १० जना, हेलम्बु गाउँपालिकाका ३ जना र मेलम्ची नगरपालिकाका ५ जना रहेका छन् । उनीहरू भोजपुर र दोलखाबाट भिन्न भिन्न समयमा आएका थिए । योसँगै जिल्लामा कुल संक्रमितको संख्या २४ पुगेको छ । संक्रमितमध्ये एक महिलाको भने मृत्यु भइसकेको छ । उनी कोरोनाबाट ज्यान गुमाउने पहिलो व्यक्ती हुन् । मृत्युपछि धुलिखेल अस्पतालमा गत वैशाख १ गते महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

एक संक्रमित भने उपचारपछि निको भएर घर फर्केका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्