स्थानीय निर्वाचन : उम्मेदवार सिफारिसमा शुल्क नलिन काँग्रेसको सर्कुलर – Kanika Khabar
Wednesday, May 15Nepali News Portal

स्थानीय निर्वाचन : उम्मेदवार सिफारिसमा शुल्क नलिन काँग्रेसको सर्कुलर

    मा प्रकाशित

चैत्र २७, दाङ ।
स्थानीय तहको निर्वाचनमा उम्मेद्वार सिफारिसकै लागि शुल्क लिएको विषयमा नेपाली काँग्रेसले ध्यानकर्षण भएको जनाएको छ ।

केही जिल्लामा उम्मेद्वार सिफारिस गर्नलाई नै शुल्क लिएको खबर प्राप्त भएको भन्दै पार्टीको विधान विपरीत उम्मेद्वार सिफारिसका लागि कुनै पनि शुल्क नलिन निर्देशन दिएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले ७७ वटै जिल्ला कार्यसमितिमार्फत् प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, सबै स्थानीय तह कार्यसमिति र वडा कार्यसमितिहरूलाई सर्कुलर गर्नुभएको छ ।

पार्टीको विधान र नियमावली २०७६ को व्यवस्था बमोजिम पार्टीको क्रियाशील सदस्य तथा लाभको पदमा रहेको पार्टी सदस्यले पार्टीलाई बुझाउनुपर्ने सदस्यता शुल्क तथा अन्य सहयोग रकम (लेबी) बाहेक अन्य कुनै पनि किसिमको रकम लिन÷उठाउन नमिल्ने स्पष्ट व्यवस्था भएको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्