सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक चल्दै – Kanika Khabar
Wednesday, May 15Nepali News Portal

सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक चल्दै

    मा प्रकाशित

चैत्र २७, काठमाडौँ ।
पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजेबाट सुरू भएको बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुनेछ भने निर्वाचनमा तालमेलको मापदण्डबारे पनि छलफल हुनेछ ।

चैत२२ गते बसेको गठबन्धन दलहरूका शिर्ष नेताहरूको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको थियो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको समितिमा गठबन्धनका अन्य दलका नेताहरू पनि सम्मिलित छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्