प्रियाले भन्छिन् मेरो ज्यान उनको त्यो माया जान्दछु
मेरो यो शरीर मेरै हो भन्ने पनि म मान्दछु
माने नि यो ज्यान उनको हो भनी ईश्वर स्वयंले
मेरा हर अङ्ग आमाकै अंश सत्य त्यो ठान्दछु ।
बाबाले जस्तो हार्दा नि साथ छोराले दिदैनन्
पत्नीले जस्तो लागेको घाउ पतिले धुदैनन्
हजाराँै भिडले जितेको वेला जयजय गाए नि
आमाले जस्तो निःश्वार्थ माया दिने कोही हँुदैनन् ।।
सुखको सहर छ आकाशपारि स्वर्गको नाउमा
भनेर मानिस त्यही पुग्न खोज्छन् ईश्वरको गाउँमा
पुगे नि त्यहाँ बादलभित्र खुशी त्यहाँ पाइन्न
खुशी त यही मिल्दछ आमा—बाबाका पाउमा ।।।
हाँस्दा साथ हाँस्ने सबैले रुँदा यी आँखा छुदैनन्
मरेर जाँदा छोरीझै छोरा पिरमा हुदैनन्
रुन त रोलान् दाजुभाइहरु चिता छेउ एकछिन
जीवनभर सम्झी आमाको जस्तो बाबा नै रुदैनन् ।।।।