पृथ्वीको उत्पत्ति कसरी भयो होला भन्ने जिज्ञासाले एक ताका सम्पुर्ण बैज्ञानिक, धार्मिक गुरुहरुलाई घोचेको कुरा हामी सबैले सहजै अनुमान लगाउन सक्द्छौँ । अन्यथा आज हाम्रा सामु पृथ्वीको अस्तित्व बारे वैज्ञानिक र धार्मिक व्याख्या विश्लेषणहरुको पोको हुने थिएनन् । खोज अनुसन्धान र आविष्कारहरुले आउने पीढिलाई धेरथोर जे भए पनि गुण लगाएरै छोडेका हुन्छ्न् । तथापि ती गुणहरुको स्मरण वा विस्मरण के हुन्छ भन्ने चिन्ताले उनीहरुलाई किञ्चित छुदैन । उनीहरु आफ्नो कर्ममा तन, मन, वचन अनि समर्पणका साथ कर्म गरिरहे । व्यक्तिगत मान सम्मान र कुनै आर्थिक लाभको अपेक्षा नगरी निरन्तर आफ्नो कार्य र कर्तव्यप्रति लगनशील भएर हामीलाई ज्ञान र दर्शनले धनी बनाउन मै आफ्नो जीवनको सम्पूर्ण उर्जा खर्च गरिरहेका छन् । विज्ञान वा धर्मले जसरी अथ्र्याए पनि आखिर पृथ्वीको उत्पत्ति र अस्तित्व सम्बन्धमा हामी माझ कुनै शंका छोडेका छैनन् । पृथ्वीको अस्तित्व ग्रहण पश्च्यात विविध जीव जन्तु , कीट, पतङ्ग रुख बिरुवा, ढुङ्गा, माटो, कन, बालुवा अनि पानी सब चिजको आवश्यकता अनुरुप अस्तित्वमा आएका प्रक्रियाहरु शृङ्खलावद्ध रुपमा प्रस्तुत गरेका छन। यस्ता समस्त जैविक वा अजैविक तत्वहरुको अस्तित्व कसरी भयो भन्ने जिज्ञासालाई शान्त पार्न विज्ञान र धर्मले आ(आआफ्नो ढङ्गले अथ्र्याउन प्रयास गरेका दस्तावेजहरु छरपस्ट भेटिन्छ्न् ।
राष्ट्रको अस्तित्व होओस् वा जीवको अस्तित्व जसको अस्तित्व भए पनि त्यसका आफ्नै सीमितताहरु हुने गद्छ्न् । एउटा राष्ट्र हुनका लागि सर्वप्रथम भूगोलको अस्तित्व हुन अपरिहार्य हुन आउँद्छ । भुगोल रह्यो भने जनता, जल, जङ्गल, जीव जनावर आदिको सख्त जरुरत पद्र्छ । भूगोलमा सानो होला, जनताको संख्यामा कम होला, प्राकृतिक श्रोत र साधनमा कमजोर होला, विकासका कामहरुमा पछि होला, प्रविधिको दुनियाँमा अभ्यस्त नहोला तथापि हरेक देशको आफ्नै इतिहास हुन्छ। आफ्नै गौरव हुन्छ अनि आफ्नै स्वाभिमान हुन्छ । तसर्थ क्षेत्रफल सानो भएर राष्ट्रियता सानो हुदैन । जनसंख्या कम भएर देशभक्ति कम हुदैन । विकासमा पछि पर्दैमा भूगोलको महत्व घट्दैन । प्रविधिमा अभ्यस्त नहुदैमा आधुनिक हतियारसँग घुडा टेकिदैन । संसारको बलियो अस्त्र स्वाभिमानीले उठेको शीर र आमाको रक्षार्थ कवच बनेर गर्वले फुलेको छाती हो ।
क्षेत्रफलका आधारमा सानो हुनु विकासका पुर्वाधार खडा गर्न कम चुनौती हुन्छ होला भन्ने परिकल्पनालाई स्विटजरल्याण्डको विकासले पुष्टि गरिसकेको छ । फेरि अर्कोतर्फ क्षेत्रफल ठुलो हुदैमा विकासको बाधक हुन्छ भन्ने मान्यतालाई क्यानडा, अमेरिका, चाइना, कोरिया अनि युरोपियन देशहरुले मिथ्या सावित गरिसकेका छन् । विश्व मानचित्रमा सुन्दरताको धनी देशहरु खोज्ने कष्ट गर्ने हो भने अति सुन्दर देशहरुको सूचीकरणमा अग्र पङ्तिमा मेरो देशको नाम भेट्टाउन सकिन्छ । हिमालयको काखमा निश्च्चल निर्मल कञ्चन झरणा अनि नदि नालाहरुले सिंचेर हरियाली पाखा पखेराहरुसँग साइनो गाँसेको मेरो देशलाई लाली गुराँसको लालित्यले सजाइ रहदा काँडे भ्याकुरको उपलब्धताले थपेको विशेषता, नेपाली भुमिको महिमालाई साधु सरी गौमाताको गउत, गोबर अनि दुधले हरपल पवित्र बनाएको छ । पितृ देवो भवस्, मातृ देवो भवस् गुरु देवो भवस्, अतिथि देवो भवस् जस्ता आदर्श सभ्यतामा विश्वास गर्दै हुर्किएको नेपाली मस्तिष्कहरु बिना कारण कसैको चित्त दुखाउन जानेका छैनन। सायद हाम्रा यी र यस्तै गुणहरुले गर्दा होला स्वर्गको टुक्रामा जन्मी हुर्केको सन्तति भएकोमा गौरव महसुस हुने गद्र्छ।
जल वा थल सिमाले नजोडिएका प्राकृतिक सुन्दरताले सजिएका राष्ट्रहरु मध्य मेरो देश अग्रपंक्तिमा आउने गद्र्छ। भुपरिवेष्टित मेरो देश दुई ठुला र शक्तिशाली देशहरुको विचमा अवस्थित छ । मानव शरीरलाई हेर्यौ भने सर्वप्रथम मानव आकृतिमा र अनुहारमा आँखा दौडन्छ होला अनि शरीरको अन्य भागमा पुग्द्छ जस्तो लाग्द्छ । हो त्यही अनुहारको तल्लो भागमा नाकको मुनि चिउडोको माथि मुख अवस्थित हुन्छ। त्यो मुखभित्र एउटा नरम जिब्रो तल र माथिका कडा दाँतका लहरहरुले घेरिएको हुन्छ । आफू भन्दा बलिया दातहरुले घेरिदा पनि जिब्रोले आफ्नो अस्तित्वलाई बडो सावधानी पुर्वक बचाइरहेको हुन्छ । कथमकदाचित दातहरुले अलिकति पनि कोतरे वा आफ्नो गिद्दे नजर लगाए भने जिब्रोले पीडा बोध गरेर आफ्नो सिमाना वरपरका दातहरुलाई विस्तारै ठेलेर उनीहरुको वास्तविक स्थानमा पुर्याउन लागि पद्र्छ । अन्ततोगत्वा दातहरु आफ्नै सीमानाभित्र बस्न बाध्य हुन्छन । हाम्रो शरीरको खुट्टा, हात, नाक, मुख आँखा, कान अथवा जुनसुकै अङ्गमा चोट लागे पनि दुख्ने मुटु र सोच्ने मस्तिष्क त एउटै मात्र हुन्छ । अनि हाम्रो सम्पुर्ण ध्यान त्यही दुखाइ वा पीडामा केन्द्रित हुन्छ । यहाँनेर प्रश्न उठ्छ कि अर्को ब्यक्तिको शरीरमा आइपर्ने दुख पीडाले दुख्ने मुटु किन अत्यन्तै न्यून हुन्छ्नरु यहाँसम्म कि आफ्नै आमाको शरीरको भागहरुमा सन्धि सम्झौताका नामले चिथोरेर अस्तित्वको लिलाम गर्न दिने दुस्साहसीहरुको स्वाभिमान कुन दुलोमा लुकेर बसेको हुन्छरु आफै बसेको आमाको छाती हाँकाहाँकी साँघुरिदै गएको चाल नपाउने र नदेख्ने दृष्टिले राष्ट्रियताको गौरवशाली इतिहास कसरी पढ्न सक्द्छरु आँखाकै अगाडि आमाकै चिरहरण हँुदा आमाले छोडेका चीत्कार नसुन्ने कानहरुले कुमाउ, गढवाल, टिष्टा, कागडा अनि नालापानीका वीरताको रगतले लेखिएका कथा कसरी सुन्न सक्द्छ्नरु अमर सिंह थापा, भक्ती थापा, बलभद्र कुवर जस्ता वीरहरु जन्माएकी जननिले यस्ता लाचारी सन्ततिहरुलाई गौरवमय इतिहास बोकेको यस स्वाभिमान, स्वायत्त अनि बिश्वको सर्वोच्च शिखर सगरमाथा ठडिएको र शान्ती दुत गौतम बुद्धको पहिलो स्वास चलेको भुमिमा आफ्नो कोखबाट बिष वृक्ष जन्मेकोमा कति ग्लानी हुन्छ होलारु पृथ्वीनारायण शाहबाट एकीकरण थालिएको आधुनिक नेपालको सिमाना सुगौली सन्धि हुनु भन्दा पहिले पुर्व टिस्टा देखि पश्चिममा कुमाउ गडवाल सम्म विशाल नेपालको क्षेत्रफल द्द,टठ,छठछ वर्ग किलोमिटर भएर फैलिएको थियो भनेर इतिहास लेख्नेहरुको आत्माले राज्य शक्तिको दुरुपयोग गरेर गरिमामय इतिहास बोकेको उक्त भुमी ज्ञ,द्धठ,ज्ञडज्ञ वर्ग किलोमिटर बाट पनि खिम्चाएर स्वाभिमान बेच्दा नकाप्ने माथ र हातहरुलाई कसरी राष्ट्रवादी मान्न सक्द्छ्नरु इतिहासको विभिन्न कालखण्डमा जननिका हात पाखुराहरुको सम्झौता गर्ने जो कोहिलाई पनि कसरी राष्ट्रवादि भन्न सक्द्छ्नर
हाम्रो मस्तिष्कमा अनावश्यक मासु पलाएर मस्तिष्कले ओगटेको स्थान थोरै थोरै मिच्दै जादा एक दिन मस्तिष्कलाई बाहिरी मासुले पुरै सखाप पारिदिन्छ र मस्तिष्क औचित्यहिन हुन पुग्द्छ। यदि मुटुलाई नियन्त्रण गरी स्वचालित ढङ्गले कार्य गर्न दिइएन भने मानिसको मृत्यु निश्चित हुन्छ। शरीरमा आउने अनावश्यक गाठा गुठीलाई समयमा थुन छेक गरिएन भने तिनै गाठा गुठीले क्यान्सरको किटानु उब्जाएर शरीरको भागहरुलाई निष्क्रिय पारिदिन्छ्न। यदि समयमै किटानुले छोएका शरीरका भागहरुमा उपचार गरिएन वा नियन्त्रण गरिएन भने तिनीहरुको आकार र स्वरुप क्रमश बढ्दै गएर कालान्तरमा क्यान्सरको किटानु पुरै शरीर भरी फैलिएर हाम्रो अस्तित्व क्यान्सरमा विलय भैदिन्छ। जसरी शरीरलाई पुर्ण स्वस्थ, ताजा अनि क्रियाशिल राख्न शरीरमा कुनै चोटपटक, घाउ खटिरा नआउन दिन रात दिन प्रयत्नशील हुन्छौ ठिक त्यसरी नै राष्ट्रको एक इन्च भु-भागमा सानो पराया डोब लाग्न नदिन हरदम तयार नै असली राष्ट्र भक्ती हो, असली राष्ट्रवादी चिन्तन हो। शरीरको कुनै पनि भागमा आफ्नो आकारमा अनावश्यक बाहिरी अङ्गहरुको आक्रमण वा दवाव हुन बित्तिकै खबरदारी गरिएन भने शरीरले मृत्यवरण गर्ने लगभग निश्चित हुन्छ। सोही ढङ्गले भौगोलिक, सास्कृतिक, धार्मिक, राजनीतिक, सामाजिक, एवं प्राकृतिक धरोहरमा प्रहार वा अतिक्रमण हुनुले कुनै पनि राष्ट्रको स्वाभिमानमा नाङ्गो चुनौती दिएको बुझिन्छ। यदि त्यस्ता निकृष्ट गतिविधिको तत्काल डटेर सामाना गरिएन भने भोलिका दिनमा हाम्रो अस्तित्वमा छेक्न नसकिने प्रश्न चिन्ह खडा हुन्छ। हाम्रो जस्तो एउटै छिमेकीले तिनतिरबाट घेरेको मुलुकलाई धेरै मुलुकले घेरेका राष्ट्रलाई भन्दा सीमा रक्षा गर्न सहज देखिन्छ। खुला रुपमा रहेको पुर्व, पश्चिम, अनि दक्षिण गरेर चौबीस वटा अङ्गहरु मध्यका एक्काईस अङ्गहरुका चौउन्न भागहरुमा क्यान्सरको लक्षणले दोस्रो, तेस्रो र चौथो चरण पूरा गरिसकेको छ भने उत्तर तिरको एउटा अङ्गको महत्त्वपूर्ण भागमा अर्थात शिरमा क्यान्सरको किटानुले आक्रमण गर्ने चेतावनी बेलाबेलामा दिइरहेको छ। यसरी चारै तिरबाट आफ्नै जननिको अस्मितामाथि धावा बोलिरहेको विषम घडीमा पनि सङ्क्रामक किटानुको रक्षाका लागि पुकार्ने जिब्रोमा क्यान्सर किन नलागेको देख्दा खिन्नताले गिज्ज्याउछ। आफू बसेको काखलाई किटानुले ओगट्दा पनि किटानुको दिर्घायुको कामना गर्ने घाटीमा श्वास अड्किएर छ्टपटिएको हेर्न नपाउदा मुटु कटक्क खान्छ। कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता, मानेभञ्ज्याङ, कोइलावास, गुलेरिया, आदि भुभागमा निरन्तर अतिक्रमण बढिरहदासम्म पनि मौन रहेर महामहिम भीष्म, धृतराष्ट्र, गुरु द्रोण र अन्य भारदारहरुको ङिच्च हास्दा राष्ट्रियताको लिलामी गरेको प्रतीत हुन्छ।
समय आएको छ, अब एक जुट हुने । राष्ट्र र राष्ट्रियताका लागि आफुलाई समर्पण गर्ने र मृत्यु र जीवनमा एउटा रोज्ने। राष्ट्रवादिहरु खोज्ने क्रममा मैले बुझेको झिनो पाठ असमभावी मृत्युमा पनि जीवन देख्ने आत्माहरुले नै राष्ट्रियता बुझ्न सक्द्छ्न।
मा प्रकाशित