बालबालिकाको विकासको लागि रेडियो कार्यक्रम प्रसारण – Kanika Khabar
Friday, April 19Nepali News Portal

बालबालिकाको विकासको लागि रेडियो कार्यक्रम प्रसारण

    मा प्रकाशित

कनिका खबर
दाङ, असार ५ ।
कोरोना भाइरसको महामारीमा विद्यालय बन्द हुँदा घरमै बसेका बालबालिकाहरुको चौतर्फी विकासका लागि अभिभावक र बालबालिकालाई सचेत बनाउने उदेश्यले रेडियो कार्यक्रम सुरु गरिएको छ । सीप, रोजगार तथा सामाजिक चेतनाका लागि सामाजिक संस्था सीसा नेपालको परिकल्पना र घोराही उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको आर्थिक सहयोगमा रेडियो कार्यक्रम फुर्सदमा बालबालिकाको कुरा प्रसारण गर्न सुरु गरिएको हो ।

रेडियो मध्यपश्चिमबाट प्रत्येक दिन विहान ८ बजे आधा घण्टाको कार्यक्रम प्रसारण हुनेछ । ‘अहिलेको बन्द अवस्थामा सम्पुर्ण विद्यालयहरु क्वारेन्टाइन र आईसोलेसनमा परिणत भएका छन्, बालबालिकाहरु विद्यालयको शिक्षाबाट बञ्चित भएका छन्, यस्तो अवस्थामा अभिभावकले बालबालिकालाई कसरी सिर्जनशील बनाउने भन्ने सन्देश दिन आवस्यक छ ।’ शिक्षा महाशाखाका प्रमुख विनोद गौतमले भने, ‘यो कार्यक्रम बालबालिका र अभिभावकको लागि अति नै महत्वपुर्ण हुनेछ ।’

घरमै बसेका बालबालिकाहरुको विकास गर्न, सिर्जनशील बनाउन, उनीहरुको क्षमता पहिचान गर्न कार्यक्रमले सहयोग पु¥याउने गौतमको भनाई छ । कार्यक्रमको सञ्चालकमा नवीन अभिलाषी र साजिदा सिद्धिकी रहेका छन् । उनका अनुसार कार्यक्रममा बालबालिकाको सिर्जनात्मक गतिविधिहरु, विषय विज्ञसँगको अन्र्तवार्ता तथा विभिन्न सन्दर्भ सामग्रीहरु समावेश हुनेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्