पिसीआर किट एनआरएनए कोरियाद्वारा हस्तान्तरण – Kanika Khabar
Sunday, September 13Nepali News Portal

पिसीआर किट एनआरएनए कोरियाद्वारा हस्तान्तरण

    मा प्रकाशित

कनिका डेस्क
असार ६, दाङ
गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरिया शाखाले सुदूरपश्चिम प्रदेशका लागि आज पिसीआर किट हस्तान्तरण गरेको छ । एनआरएन कोरिया शाखाका कार्यकारी निर्देशक राजेश रानाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टमार्फत दुई हजार पाँच सय थान पिसीआर किट हस्तान्तरण गर्नुभएको हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उक्त किट मन्त्री भट्टलाई स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहको उपस्थितिमा हस्तान्तरण गरिएको जनाइएको छ । मन्त्री भट्टले सरकारी स्तरबाट भइरहेका काममा एनआरएनए र नीजि क्षेत्रलगायतबाट भइरहेको सहयोगले कोभिड–१९ नियन्त्रणमा सजिलो हुने बताउनुभयो ।

कोभिड–१९ को महामारीपछि भारतमा रहेका झण्डै चार लाख नेपाली सुदूरपश्चिम प्रदेशमा भित्रिएको तथ्याङ्क छ । त्यसैगरी मन्त्री भट्टको पहलमा ह्युमिनिटी फाउण्डेसन नेपालले खरिद गरेको पिसीआर मेसिन काठमाडौँदेखि डडेल्धुरा पठाइएको छ । फाउण्डेसनले सुदूरपश्चिम र स्वदेश तथा विदेशमा रहँदै आएका समाजसेवी, व्यापारी लगायतका दाताबाट संकलन गरिएको रकमले खरिद गरिएको मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिने बताइएको छ ।

सुदूरपश्चिममा हाल एक मात्र पिसीआर मेसिनबाट कोभिड–१९ को परीक्षण भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्