अविरल वर्षाका कारण देउखुरी जलमग्न – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

अविरल वर्षाका कारण देउखुरी जलमग्न

    मा प्रकाशित


अविरल वर्षाका कारण दाङ देउखुरीको विभिन्न क्षेत्र जलमग्न बनेको छ । पूर्व–पश्चिम राजमार्ग आसपासका केही वस्ती तथा राप्ती नदी किनारका वस्तीहरु जलमग्न भएका हुन् ।
बाढीका कारण पानीको निकास नहुँदा घरहरुमा पानी पसेको लमही नगरपालिका वडा नम्बर २ केरुनिया निवासी सुनिता चौधरीले बताइन् ।, ‘देउखुरीमा बाढीको कारण लमही नरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिकाका विभिन्न क्षेत्रहरु जलमग्न बनेको छ ।’
हिजो शुक्रबारदेखिको लगातार वर्षाका कारण लमही नगरपालिकाको गुर्जेहवा, बलामपुर, भुरिपुर, सेमरहवा पूरै जलमग्न भएको छ । खेतमा रहेको धानको विउ वर्षाका कारण बाढीले बगाएको छ । यता लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले नगरबासीलाई सर्तकता अपनाउन आग्रह गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्