एमाले वृत्तमा गठबन्धनको चर्चा : माओवादी केन्द्र र नेकपा एसलाई सहकार्यका लागि प्रस्ताव – Kanika Khabar
Friday, May 17Nepali News Portal

एमाले वृत्तमा गठबन्धनको चर्चा : माओवादी केन्द्र र नेकपा एसलाई सहकार्यका लागि प्रस्ताव

    मा प्रकाशित

जेठ २१, दाङ ।
स्थानीय तह निर्वाचनमा सोँचे जस्तो परिणाम ल्याउन नसकेपछि प्रमुख प्रतिपक्षि दल नेकपा एमाले आसन्न निर्वाचनमा सहकार्यको तयारीमा जुटेको छ । आसन्न संघ र प्रदेशको निर्वाचनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतसँग गठबन्धन गरेर अगाडि नबढेमा जटिलता रहेकोले गठबन्धनका लागि परामर्श थालेको हो ।

संघ र प्रदेशमा आफ्नो साइजको विरासत जोगाइराख्न चुनावी तालमेल गर्नै पर्ने सोंचमा पुगेको एमाले स्रोतले जनाएको छ । विगतमा भएका त्रुटि र अहंकारी सोंचले स्थानीय निर्वाचनमा घाटा व्यहोर्नु परेको र आगामी निर्वाचनमा त्यागलाई पहिलो प्राथमिकता बनाएर भए पनि चुनावी तालमेल गर्ने सोंचमा पार्टीका शीर्षस्थ नेता रहेको स्रोतले बतायो ।

चुनावी तालमेलको गृहकार्यमा जुटेको एमालले माओवादी केन्द्र र नेकपा एसलाई सहकार्य गरेर जान प्रस्ताव गरिसकेको छ ।

स्थानीय तहको निर्वाचनमा काँग्रेसले ३ सय २८, एमालेले २ सय ५, नेकपा माओवादी केन्द्रले १ सय २२, जनता समाजवादी पार्टीले ३० तह र नेकपा एकीकृत समाजवादीले २० स्थानमा जितेको छ ।

स्थानीय तह निर्वाचनमा दोस्रो भएपछि एमाले वृत्तमा सत्ता गठबन्धन कायम रहे प्रदेश र संघको चुनावमा पनि प्रतिकूल परिणाम आउने विश्लेषण सुरु भएको छ । त्यही त्रासबीच एमाले नेताहरू वाम गठबन्धन हुनुपर्ने भन्दै माहोल निर्माणमा जुटेका छन् ।

अनौपचारिक रूपमा माओवादी केन्द्र र नेकपा एसलाई सहकार्य गरेर जाने प्रस्ताव एमाले नेताहरूले गरेका छन् । एमालेबाट महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेता घनश्याम भुसाल लगायत वाम गठबन्धनको पक्षमा देखिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्