गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण – Kanika Khabar
Friday, April 26Nepali News Portal

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण

    मा प्रकाशित

कनिका खबर
असार ७, दाङ ।
गण्डकी प्रदेशमा १६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज बिहान ५ ः ४५ बजे विज्ञप्ति प्रकाशित गरी ४ जिल्लाका १६ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माका अनुसार बागलुङमा ९ जना, म्याग्दीमा ४ जना, पर्वतमा २ जना र तनहुँमा १ जनामा सङ्क्रमण पुष्टि भएको हो । शर्माका अनुसार बागलुङको गल्कोट नगरपालिकाका २२, २६, २२ र २१ वर्षका पुरुष, काठेखोला गाउँपालिकाका ३२, ४० र २९ वर्षका पुरुष, बागलुङ नगरपालिकाका २९ वर्षिय एक पुरुष र ढोरपाटन नगरपालिकाका ४८ वर्षिय पुरुष सङ्क्रमित भएका छन् ।
म्याग्दीको रघुगंगा गाउँपालिकाका ९ वर्षीय बालिका, ३० वर्षीय एक महिला र ३३ वर्षीय एक पुरुष , मंगला गाउँपालिकाका ३३ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । पर्वतको कुश्मा नगरपालिकाका ३२ र २७ वर्षका पुरुष र तनहुँको ऋषिङ गाउँपालिकाका २९ वर्षका एक पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
हिजो साँझ थप ५० जनामा पनि गण्डकी प्रदेशका नागरिकमा सङ्क्रमण भएको जानकारी दिइएको थियो । बागलुङमा २९ जना, नवलपरासी सुस्ता पूर्वमा १८ जना, तनहुँमा २ जना र मुस्ताङमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख छ । गण्डकी प्रदेशमा मुस्ताङ जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमण देखिएको थिएन । निर्देशनालयका अनुसार घरपझोङ गाउँपालिकाका स्थित तिव्वतियन क्याप्पमा रहेका ८३ वर्षका एक पूरुष सङ्क्रमित भएका हुन् । गण्डकी प्रदेशमा अहिलेसम्म कुल सङ्क्रमित को संख्या ५०४ पुगेको छ । कोरोना मुक्त हुनेको संख्या ४९ पुगेको छ भने हालसम्म एकजनाको मात्र मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्