कक्षा ११ को परीक्षाका लागि आत्तिनु पर्ने बेला भएको छैन, १२ को परीक्षा हुन्छ : प्रवक्ता शर्मा – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

कक्षा ११ को परीक्षाका लागि आत्तिनु पर्ने बेला भएको छैन, १२ को परीक्षा हुन्छ : प्रवक्ता शर्मा

    मा प्रकाशित

कनिका खबर
असार ७, दाङ ।
सरकारले माध्यमिक शिक्षा परीक्षा कक्षा १० ( एसइइ )परीक्षा नलिने निर्णय गरेपछि एसइइको अन्योल हटे पनि कक्षा ११ र १२ को अन्यौलता अझै टरेको छैन । विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकका लागि यो अन्योलताले अझै सताइरहेको छ । अझै सरकारले कक्षा ११, १२ र विश्वविद्यालय तहका परीक्षाबारे निर्णय गरिसकेको छैन । कोरोना भाइरसको सङ्क्रमणदर अझै नसकिएकोले कक्षा ११ र १२ तथा विश्वविद्यालय तहका विद्यार्थीहरुलाई आफूहरुको परीक्षा के हुने भन्ने अन्योल अझै कायम नै छ ।
यसैविषयमा केन्द्रित रहेर आज विज्ञान, प्रविधि तथा शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले उज्यालो नेटवर्कसँगको अन्तर्वार्तामा कक्षा ११ को परीक्षका लागि अहिले आत्तिने बेला नभएको बताएका छन् । प्रवक्ता शर्माले भने, ‘कक्षा ११ को विषय अहिले हामीले आत्तिनु पर्दैन । ११ को परीक्षा १० को जस्तो होइन । ११ पास नभए पनि १२ पढ्न पाउने हाम्रो अभ्यास छ । ११ को परीक्षा नभए पनि साउनदेखि या भनौं शैक्षिक सत्र सुरु भएपछि १२ पढ्दै गर्दा हुन्छ ।’

उनले थपे, ‘परीक्षा चाहिँ लकडाउन खुल्यो र सहज भयो भने मात्रै लिईन्छ । १२ पढ्दापढ्दै वातावरण अलि सहज भयो भने पनि लिनुपर्ने हुन्छ । १२ को चाहिँ परीक्षा गर्नुपर्ने भएकोले लकडाउनको अवस्था हेरेर हामी निर्णय गर्छौँ । विद्यार्थी

स्कुलमा आउन सक्छ भन्ने वातावरण भएपछि हामी त्यसबारे निर्णय गर्छौँ ।’

कक्षा १२ को परीक्षाको मोडालिटीबारे भएको छलफलका बारेमा जानकारी गराउँदै प्रवक्ता शर्माले भने, ‘परीक्षाको मोडालिटीबारे त छलफल छ १२ कक्षाको परीक्षाबारे भने अलि सोच्नुपर्छ, किनभने यो विश्वविद्यालय प्रवेश गर्ने ठाउँ हो । कक्षा १० लाख सोचेजस्तै १२ लाई हेर्नु हुँदैन । हामी केही न केही निर्णय गर्छौँ नै ।

कोरोना भाइरसको सङ्क्रमण दर बढ्दो छ, तत्कालै अवस्था सहज हुने सम्भावना पनि देखिंदैन । ठ्याक्कै यही हुन्छ भन्नेबारेको निर्णय तत्काल दिन सक्ने सम्भावना छैन ?

१२ को मात्रै परीक्षा रोकिएको होईन । विश्वविद्यालयका परीक्षाहरु पनि रोकिएका छन् । १२ भनेकोे विद्यालय शिक्षा सकेर विश्वविद्यालय प्रवेश गर्ने अथवा विदेश पढ्न जाने ढोका हो भनेर बुझ्नुपर्छ । विकल्पहरु धेरै आएका छन् ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्