गण्डकी प्रदेशमा बढ्दो सङ्क्रमण, आज थप १९ जनामा कोरोना सङ्क्रमण – Kanika Khabar
Thursday, April 18Nepali News Portal

गण्डकी प्रदेशमा बढ्दो सङ्क्रमण, आज थप १९ जनामा कोरोना सङ्क्रमण

    मा प्रकाशित

कनिका खबर
असार ७, कास्की ।

गण्डकी प्र्रदेशमा कारोना सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । आज दिउँसो गण्डकी प्रदेशमा १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज दिउँसो सवा एक बजे प्रेश विज्ञप्ति प्रकाशित गरी पाँच जिल्लाका १९ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।
स्याङजामा १० जना, बाग्लुङमा पाँच जना, कास्कीमा दुइ जना, नवलपरासी पुर्ब र तनहुँमा एक–एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशमा अहिलेसम्म कुल संक्रमितको संख्या पाँच सय २३ पुगेको छ । कोरोना मुक्त हुनेको संख्या ४९ पुगेको छ भने हालसम्म एकजनाको मात्र मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्