कनिका खबर
असार ७, भक्तपुर ।
भक्तपुर नगरपालिकाले कोभिड –१९ को असरलाई मध्यनजर गर्दै कर छुटको घोषणा गरेको छ । आगामी आर्थिक वर्षदेखि करमा छुट दिइ करको दायरा बढाउने नगरपालिकाले जनाएको हो ।
कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै नगरपालिकाले करदाता तथा नगरवासीले घर–घरबाटै सूचना प्राप्त गर्न सक्ने, सेवा लिन सक्ने तथा कर तिर्न सक्ने समेतको व्यवस्थाको लागि आधुनिक सूचना प्रविधिको प्रयोेग गरिने पनि नगरपालिकाले जनाएको छ ।
आज भक्तपुर नगरपालिकाको सातौं नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख सुनिल प्रजापतिले यस्तो घोषणा गरेका हुन् ।
मा प्रकाशित