मल आपूर्तिमा गम्भीर बन्न संघीय सरकारसँग प्रदेश दुईको आग्रह – Kanika Khabar
Thursday, March 28Nepali News Portal

मल आपूर्तिमा गम्भीर बन्न संघीय सरकारसँग प्रदेश दुईको आग्रह

    मा प्रकाशित

कनिका खबर
असार ८, दाङ ।
प्रदेश दुइको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानका लागि मलको व्यवस्था गर्न संघीय सरकारको ध्यानकर्षण गराएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै देशकै कुल उत्पादनमध्ये ३० देखि ४० प्रतिशतसम्म धान उत्पादन हुने प्रदेश दुइमा अहिलेसम्म करिब २० प्रतिशत धान रोपाइँ भएको र अबको केही दिनमै मनसुन सक्रिय हुने हुँदा रोपाइँका बेला पर्याप्त परिमाणमा डीएपी र युरिया मल आवश्यक पर्ने विज्ञप्तीमा जनाइएको छ ।
देशमा वर्षेनी सात लाख मेट्रिक टन मल आवश्यक रहकेमा तीन लाख मेट्रिक टन प्रदेश दुइलाई मात्र चाहिने हुँदा मल आपूर्तिमा थप गम्भीरता अपनाउन विज्ञप्तिमार्फत मन्त्री शैलेन्द्र साहले आग्रहगरेका छन् । यो कुराको बोध संघीय सरकारलाई समेत भएको हुनुपर्ने कुरामा आफु विस्वस्त रहेको उनको भनाइ छ । मन्त्री साहले मलको उपलब्धताका लागि मल कारखाना स्थापना गर्न पनि संघीय सरकारसँग आग्रह गरेका छन् ।
प्रदेश दुईमा धानबालीका लागि मात्र करिब एक लाख मेट्रिक टन मल आवश्यक रहेकाले अहिले संघ सरकारले प्रदेश दुइलाई उपलब्ध गराउने मल पर्याप्त नहुने निश्चित रहेको जनाउँदै बिज्ञप्तीमा भनिएको छ । रोपाइँपछि माथिबाट छर्कने बेला अझ बढी परिमाणमा मलको आवश्यक्ता हुन्छ । यस बिषयमा समेत संघीय सरकारका सरोकारबालालाई ध्यानदिन प्रदेश सरकारको आग्रह छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्