कोरोना भाइरसका कारण एकैदिन हालसम्मकै धेरै नयाँ संक्रमित फेला – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

कोरोना भाइरसका कारण एकैदिन हालसम्मकै धेरै नयाँ संक्रमित फेला

    मा प्रकाशित

कनिका खबर
असार ८, दाङ ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण एकैदिन हालसम्मकै धेरै नयाँ संक्रमित फेला परेको बताएको छ । हिजो एकैदिन विश्वभर कोरोना भाइरसका कारण एक लाख ८३ हजार नयाँ संक्रमितहरु थपिएको संगठनले जनाएको छ । जसमा ६० प्रतिशत संक्रमित उत्तरी र दक्षिणी अमेरिकाका छन् । अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित बनेको छ ।
अमेरिकामा मात्रै हालसम्म २२ लाख ७९ हजारभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् भने एक लाख २२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । ब्राजिल विश्वको दोस्रो प्रभावित मुलुक हो । जहाँ हालसम्म ११ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना महामारीकाबीच विभिन्न मुलुकले बन्दाबन्दीलाई खुकुलो बनाउँदै गएको र भौतिक दुरी कायम नगर्दा संक्रमणको दरमा तीव्रता आएको भन्दै चेतावनी पनि दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्