कनिका खवर
असार ८, दाङ ।
अन्तरिक्षको यात्रा गर्न चाहने व्यक्तिहरुको सपना अव पुरा हुने भएको छ । स्पेस टूरिज्म स्टार्टअप “स्पोस पर्सपेक्टिव” ले पर्यटकहरुलाई एउटा क्याप्सुल बलुनमा २० माइल अर्थात एक लाख फीट माथिको बायुमण्डलमा यात्रा गराउने योजना बनाएको छ । स्टार्टअपले क्याप्सुल बलुनको नाम “स्पेसशिप नेप्च्युन” राखेको छ, जसमा ९ जना यात्रु बस्न सक्नेछन भने यात्र अवधि ६ घण्टाको हुनेछ । २ घण्टा जान २ घण्टा आउन लाग्ने छ भने बाँकी २ घण्टाको अवधिमा बायूमण्डल तथा एटलान्टिक महासागरको सुन्दरतामा रमाउदै यात्रा हुनेछ ।
तर उक्त कार्यका लागि सन् २०२४ सम्म कुर्नुपर्ने छ ।