पाकिस्तान क्रिकेट टिमका तीन खेलाडीलाई कोरोना भाईरसको संक्रमण – Kanika Khabar
Wednesday, September 16Nepali News Portal

पाकिस्तान क्रिकेट टिमका तीन खेलाडीलाई कोरोना भाईरसको संक्रमण

    मा प्रकाशित

कनिका डेस्क
असार ९, दाङ
पाकिस्तान क्रिकेट टिमका तीन खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । पाकिस्तान क्रिकेट बोर्डले हैदर अली, शादब खान र हरिस राउफलाई कोरोना संक्रमण देखिएको जनाएको छ । कोरोना देखिएका खेलाडी सेल्फ आइसोलेसनमा रहेको बताईएको छ । इंग्ल्यान्ड भ्रमण अघि गरिएको परिक्षणमा तीन खेलाडीमा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोनाको सामान्य लक्षण देखिएपछि खेलाडीमा परिक्षण गरिएको थियो । अन्य दुई खेलाडी इमाद वासिम र उस्मान सिनवारीलाई भने नेगेटिभ देखिएको छ । पाकिस्तानको क्रिकेट टिम आगामी साता इंग्ल्यान्ड भ्रमणमा निस्कदैछ । घरेलु टिमसँगको टेष्ट र टीट्वान्टी सिरिजका लागि पाकिस्तानी टिम जुन २८ मा इंग्ल्यान्ड प्रस्थान गर्ने बताईएको छ ।

पाकिस्तानले इंग्ल्यान्डसँग ३ खेलको टेष्ट र टीट्वान्टी सिरिज खेल्नेछ । दुई टोलीबीचको सिरिज जुलाई ३० मा सुरु हुनेछ । टीट्वान्टी सिरिज अगष्ट २९ देखि २ सेप्टेम्बरसम्म हुनेछ

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्