दाङमा थप १९ जनामा काेराेना पुष्टि – Kanika Khabar
Friday, March 29Nepali News Portal

दाङमा थप १९ जनामा काेराेना पुष्टि

    मा प्रकाशित

कनिका खबर

असार ९, दाङ ।

पछिल्लो अद्यावधिक अनुसार दाङमा आज थप १९ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा १९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएका संक्रमितहरु १८ जना बंगलाचुली र एक जना लमहीका हुन् ।

बंगलाचुली गाउँपालिकाको मुलाबारी भेडाबारीको क्वारअन्टिनमा बसेका १ सय ३४ जना मध्ये ४५ जनाको स्वाब परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । संक्रमित हुनेहरुमा बंगलाचुली ४ का १७, १७, १८, २२, २३, २७, ३० र ४३ वर्षका ८ जना, वडा नम्बर ४ का १९ र २१ वर्षका दुई जना, वडा नम्बर ५ का २९ र ३२ वर्षका दुई जना, वडा नम्बर ८ का १८, २१, २२, २४ र २९ वर्षका ५ जना वडा नम्बर १० का ११ वर्षका एक जना र लमही नगरपालिका ६ का १७ वर्षीय एक जना गरी १९ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्