झुठो विवरण दिएर नेपाली नागरिकता बनाउने विदेशीलाई सजाय – Kanika Khabar
Friday, March 29Nepali News Portal

झुठो विवरण दिएर नेपाली नागरिकता बनाउने विदेशीलाई सजाय

    मा प्रकाशित

कनिका खबर
असार ९, काठमाडौँ ।
झुठो विवरण दिएर नागरिकता बनाउने विदेशीहरुलाई दण्ड सजाय हुने भएको छ । अब झुठो विवरण दिएर नेपाली नागरिकता लिने विदेशीलाई ७ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना हुने भएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिले ‘नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ मा झुटो विवरण दिई नेपाली नागरिकता लिने विदेशीलाई ७ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना लिने विषयमा सहमति जुटाएको छ ।
प्रचलित कानुन अनुसार कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुटो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्