बाँकेमा कार दुर्घटना २ जनाको मृत्यु – Kanika Khabar
Thursday, March 28Nepali News Portal

बाँकेमा कार दुर्घटना २ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असार ९, बाँके ।
आज मङ्गलबार बाँकेमा भएको कार दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका १ मा रहेको अगैया जङ्गलमा भएको कार दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
आज दिउँसो पूर्वबाट पश्चिमको लागि छुटेको बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भइ सडक किनारको दायाँतर्फ रहेको रुखमा ठोक्किएर दुर्घटना भएको हो । कारका चालक भरतपुर महानगरपालिका १२ का ४१ वर्षीय कमल राज लम्साल र पूर्व नवलपरासी कावासोती नगरपालिका ८ का २२ वर्षीय क्षितिज राज कुँवरको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवैको दिउँसो शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्