पाल्पा पहिरो अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो – Kanika Khabar
Friday, January 17Nepali News Portal

पाल्पा पहिरो अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो

    मा प्रकाशित

कनिका खबर
असार ८, पाल्पा ।
पछिल्लो जानकारी अनुसार पहिरोले पुरिँदा पाल्पामा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।

मंगलबार दिउँसो पहिरोमा थप एक जनाको शव फेला परेसँगै मृत हुनेको संख्या चार पुगेको हो । मंगलबार मृत फेला परेका व्यक्ति झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिले बुद्धचोकका १८ वर्षीय कुमार तामाङ रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

पाल्पाबाट रिडी गुल्मी जाँदै गरेको लु १ त १९२८ निर्माण सामाग्री बोक्ने ट्रकमा सवार दुई पुरुषको घटनास्थलमै ज्यान गएको थियो । पहिरोले तानसेन ११ मा पर्ने पाल्पा —रिडी सडक खण्डको लिपिलदेबी मन्दिरको तल सम्मोबारीमा सोमबार बेलुकी चार वटा सवारी साधन बगाएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्