रुकुम घटनाको विरोध काठमाडौँमा सिठी जुलुस – Kanika Khabar
Thursday, March 28Nepali News Portal

रुकुम घटनाको विरोध काठमाडौँमा सिठी जुलुस

    मा प्रकाशित

कनिका खबर
असार ९, काठमाडौँ ।
रुकुम घटनाको विरोधस्वरुप आज काठमाडौँमा सिठी जुलुस प्रदर्शन गरिएको छ । पश्चिम रुकुमको सोतीमा दलित युवकसहित ६ जना मारिएको घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले मंगलबार काठमाडौंमा सिठी जुलुस निकालिएको हो ।

रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै समितिले मंगलबार काठमाडौंमा सिठी जुलुस निकालेको हो ।
प्रदर्शनमा सहभागीहरुले उक्त घटनाको अनुसन्धान गहिराइमा हुन नसकेको आरोप लगाएका थिए । जातीय नरसंहारकारीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने भन्दै उनीहरुल नाराबाजी गरेका थिए ।
संघर्ष समितिले सोमबार रुकुम घटनाको विरोधमा चरणबद्ध आन्दोलनको घोषण गरेको थियो । बुधबार दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय घेराउको कार्यक्रम रहेको कांग्रेस निकट नेपाल दलित संघका सचिव दीपक सोनीले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्