नागरिकका समस्यालाई प्राथमिकतामा राख्छौँ : अध्यक्ष लामिछाने – Kanika Khabar
Saturday, May 18Nepali News Portal

नागरिकका समस्यालाई प्राथमिकतामा राख्छौँ : अध्यक्ष लामिछाने

    मा प्रकाशित

दाङ, २० साउन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नागरिकको समस्या समाधान गर्ने आफुहरुको उदेश्य रहेको बताएका छन् । घोराहीमा आयोजना गरिएको भेलालाइ सम्वोधन गदै उनले यस्तो बताएका हुन ।

नागरिकले पाएका दुखका बारेमा आफुलाइ राम्रो संग जानकारी रहेको समेत उनले बताए । अहिलेका राजनितीक दलहरुले नागरिकको समस्या समाधान गर्न नसकेको उनको भनाइ रहेको छ । जनताका समस्या आफनो पार्टीका मुदा रहेको समेत बताए । आफुहरुको पार्टीमा नाताको आधारमा अवसर नदिइने समेत उनले बताए ।

‘सरकारी नियमामा सामान्य काम गराउन चिनेको मानिस, भनसुन गर्नु पर्ने वाध्यता रहेको छ’ उनले भने । यस प्रकारको प्रबृतिको अत्य हनु पर्ने उनको भनाइ रहेको छ । नागरिकले सहज र सुलभ सेवा पाउनु पर्ने समेत उनले बताए । हरेक नागरिकले भोगेको समस्या कुनै पनि पार्टीको मुख्य एजेण्डा बन्न नसकेको बताए । जनताको मुदा बोकेर नै आफुहरु सिंहदरवारको यात्रा हुने उनको भनाइ रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्