चुनाव लक्षित काँग्रेसको अभियान : सङ्गठन सुदृढीकरण – Kanika Khabar
Saturday, May 18Nepali News Portal

चुनाव लक्षित काँग्रेसको अभियान : सङ्गठन सुदृढीकरण

    मा प्रकाशित

साउन २९, दाङ ।
सत्तारुढ नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित गरि १५ दिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।

शनिबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले जनलहर सिर्जना गर्ने गरि भदौ १० गतेदेखि २४ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो ।

यसअघि स्थानीय तहको सम्मुखमा काँग्रेसले घर घर जाऔँ, काँग्रेस जिताऔँ अभियान सञ्चालन गरेको थियो । त्यस्तै प्रकृतिको अभियान फेरि सञ्चालन गर्ने निर्णय भएको उहाँको भनाइ रहेको छ ।

यसअघि भदौ २ देखि २४ गतेसम्म सञ्चालन गर्नेभन्ने केन्द्रीय समिति बैठकको तयारी थियो । तर, प्राविधिक कारणवश त्यसलाई स्थगित गरेर १० देखि २४ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय भएको हो ।

बैठकले अभियानका लागि केन्द्रीय समितिबाट प्रतिनिधि तोक्ने समेत निर्णय गरेको छ । तर, कुन जिल्लामा कसलाई पठाउने भन्ने टुंगिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्