चुनावी अभियानका लागि कांग्रेसले खटायो ७७ वटै जिल्लामा प्रतिनिधि, दाङमा गोपाल दहित – Kanika Khabar
Saturday, May 4Nepali News Portal

चुनावी अभियानका लागि कांग्रेसले खटायो ७७ वटै जिल्लामा प्रतिनिधि, दाङमा गोपाल दहित

    मा प्रकाशित

काठमाडौं,७ भदौ ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। कांग्रेसले १० भदौदेखि २४ भदौसम्म हुने अभियानका लागि केन्द्रीय सदस्यहरुलाई प्रतिनिधिको रुपमा खटाएको हो।

कांग्रेस सूचना अधिकारी केशव रिजालका अनुसार केन्द्रीय प्रतिनिधिलाई बस्तुस्थिति बुझ्नेदेखि बन्न बाँकि रहेका संगठन संरचना निर्माणसम्मको जिम्मेवारी तोकिएको छ। ‘प्रतिनिधिहरुलाई १० भदौभित्र अनिवार्य जिल्ला पुग्न निर्देशन दिइएको छ,’रिजालले भने,‘प्रतिनिधिलाई वस्तुस्थिति बुझ्ने,बन्न बाँकि रहेका संगठन संरचना निर्माण र पार्टीका उम्मेद्वारलाई विजयी बनाउनेगरी अभियान सञ्चालनको जिम्मेवारी दिईएको छ।’

पार्टी नेता एवं सांसद प्रदीप गिरिको निधनका कारण शोकमा रहेकाले कांग्रेसले अभियान केही दिन पछि सारेको हो । कांग्रेसले खटाएको सूची अनुसार दाङमा गोपाल दहित रहेका छन् ।

कुन जिल्लामा को प्रतिनिधि ?

ललितपुर – नानु बास्तोला
काठमाडौं – जीतजंग बस्नेत
गोरखा – ध्रुव वाग्ले
लमजुङ – शंकर भण्डारी
तनहुँ –सुरेन्द्रराज पाण्डे
ताप्लेजुङ– आङ्गेलु शेर्पा
पाँचथर– प्रदीपकुमार सुनुवार
इलाम – महेन्द्रकुमारी लिम्बु
झापा –डिला संग्रौला
संखुवासभा – उमेशजंग रायमाझी
तेह्रथुम – लक्ष्मी परियार
भोजपुर – भीम पराजुली
धनकुटा – राजीव ढुंगाना
मोरङ – ज्ञानेन्द्रबहादुर कार्की
सुनसरी– अमृत अर्याल
सोलुखुम्बु –कल्पना चौधरी
खोटाङ – तारामान गुरुङ
ओखलढुंगा – लक्ष्मी खतिवडा
उदयपुर – बलबहादुर केसी

सप्तरी – आनन्दप्रसाद ढुंगाना
सिरहा – महेन्द्रकुमार राय
धनुषा –नगिना यादव
महोत्तरी–मञ्जु खाँण
सर्लाही – दिनेशकुमार यादव
रौतहट – अजयकुमार चौरासिया
बारा – रमेश रिजाल
पर्सा –पद्मनारायण चौधरी
दोलखा – शान्ति परियार
रामेछाप – हरिशरण नेपाली
सिन्धुली – दिलमान पाख्रिन
रसुवा – राजेन्द्र केसी
धादिङ – मदनकृष्ण श्रेष्ठ
नुवाकोट – मदनबहादुर अमात्य
सिन्धुपाल्चोक – बहादुरसिंह लामा
काभपलाञ्चोक – रमा कोइराला
चितवन – श्यामकुमार घिमिरे
मकवानपुर –उमेश श्रेष्ठ
भक्तपुर–अम्बिका बस्नेत
कास्की – प्रदीप पौडेल
मनाङ –गुरु बराल
मुस्ताङ – कृष्णचन्द्र नेपाली पोखरेल
पर्वत –चम्पादेवी खड्का
स्याङजा – चिनकाजी श्रेष्ठ
म्यादी – दिनेश कोइराला
बाग्लुङ –अब्दुल सतार
नवलपुर –सरस्वती अर्याल
नवलपरासी – मानबहादुर नेपाली
रुपन्देही – योगेन्द्र चौधरी
कपिलवस्तु – चन्द्रबहादुर केसी
पाल्पा –अब्दुल रञ्जाक
अर्घाखाँची–गोविन्दराज पोखरेल
गुल्मी –देवेन्द्रराज कँडेल
रुकुम पुर्व – धना खतिवडा
रोल्पा–मैकुलाल बाल्मीकी
प्युठान – जावेदा खातुन जागा
दाङ – गोपाल दहित

बाँके – दिपक गिरी
बर्दिया – गेहेन्द्र गिरी
रुकुम पश्चिम – कृष्णकिशोर घिमिरे
सल्यान – सीता देवकोटा
जुम्ला – रंगमति शाही
मुगु – कान्तिका सेजुवाल
कालिकोट – जानकी सिंह
जाजरकोट –सिताकुमारी राना
दैलेख – राजीवविक्रम शाह
सुर्खेत – सञ्जयकुमार गौतम
बाजुरा – अर्जुनजंगबहादुर सिंह
बझाङ – गोविन्दबहादुर शाह
डोटी – नृपबहादुर वड
अछाम – रणबहादुर रावल
दार्चुला –यज्ञराज जोशी
बैतडी – रमेश लेखक
डडेलधुरा – ईश्वरी न्यौपाने
कञ्चनपुर – रामजनम चौधरी
कैलाली – एनपी साउद

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्