नेपाली कांग्रेस क्षेत्र नं २(क) को भेला : उम्मेदवारका आकांक्षीहरुको सिफारिस सुरु – Kanika Khabar
Saturday, May 18Nepali News Portal

नेपाली कांग्रेस क्षेत्र नं २(क) को भेला : उम्मेदवारका आकांक्षीहरुको सिफारिस सुरु

    मा प्रकाशित

भदौ १४, दाङ ।

नेपाली कांग्रेस दाङ जिल्ला क्षेत्र नं २(क) ले आफ्नो प्रदेश भित्र पर्ने महाधिबेशन प्रतिनिधि ,प्रदेश प्रतिनिधि,लगायत जिल्लाका नेताहरु सहितको भेला डाकेको छ।
नेपाली कांग्रेस क्षेत्र नं २(क) का सभापति प्रकाश श्रेष्ठ को सभापतित्वमा भएको कार्यक्रमा आकांक्षीहरु भने धेरै देखिएका छन। दाङ २(क) बाट प्रत्यक्ष तर्फ आकांक्षी हरुमा (कमल किशोर घिमिरे ,खगराज पाण्डे,गोपाल राज शर्मा, अर्जुन श्रेष्ठ, कमान सिॅ भारती, दामोदर के सी ,र दुर्लभ के सी रहेका छन। त्यसैगरी समानुपातिकतर्फ भुप बहादुर डाँगी, बम बहादुर डि सी, ध्रुब ज्ञवाली, शुसिला थापा, पुष्पा श्रेष्ठ, महेश श्रेष्ठ, साबित्रा राना, ध्रुब कुमार पुन, केशब नेपाली, लिला नेपाली, निरजा पोखरेल, बुझौना चौधरी, देव कुमार नेपाली, डन्डीराम बि. क ,ले सिफारिसक लागि अनुरोध गरेका थिए।
कार्यक्रममा लम्बिनी प्रदेश उप सभापति राजु खनाल, प्रदेश सह महामन्त्री खगराज पाण्डे , जिल्ला सभापति शंकर डाँगी, पूर्व पार्टी सभापतिहरु मोहन वली, बीरकेशरी गौतम, क्षेत्र नं २ का सभापति भिम प्रकाश खड्का लगायतले धारणा राखेका थिए।

कार्यक्रमा सभापति आफैले सिफारिस गर्ने विधि विधान र प्रक्रियाको बारेमा प्रकाश पार्नु भएको थियो।नेपाली कांग्रेस २ (क) का सभापति प्रकाश श्रेष्ठको सभपातित्वमा भएको सो कार्यक्रमको सहजीकरण सचिव शिशिर अधिकारीले गर्नुभएको थियो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्