रोल्पाका दुई स्थानीय तहले बजेट सार्वजनिक गर्न सकेनन् – Kanika Khabar
Sunday, September 13Nepali News Portal

रोल्पाका दुई स्थानीय तहले बजेट सार्वजनिक गर्न सकेनन्

    मा प्रकाशित

कनिका खबर
असार ११, रोल्पा ।
हिजो असार १० गते देशका ७५३ वटै स्थानीय निकायले आगामाी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने रहेकामा रोल्पाका दुई स्थानीय निकायले नीति तथा कार्यक्रम सार्वजनिक गर्न सकेका छैनन् । जिल्लास्थित थबाङ गाउँपालिका र लुङ्ग्री गाउँपालिकाल आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्न सकेनन् ।
थबाङ गाउँपालिका र लुङ्ग्री गाउँपालिकाले आन्तरिक विवादका कारण तयारी पूरा नभएको भन्दै बजेट ल्याउन सकेनन् । केही विषयगत शाखा र समुदायबाट आएका योजना तर्जुमाका विषयमा टुङ्गो नलागेकाले बजेट ल्याउन ढिलाई भएको थबाङ गाउँपालिकाका अध्यक्ष बीरबहादुर घर्तीले बताउनुभयो ।

यस्तै गत वर्ष पनि आन्तरिक विवादका कारण गाउँ सभा गर्न नसकेको लुङ्ग्री गाउँपालिकाले यस वर्ष पनि वडास्तरबाट आएका योजनाका विषयमा अझै विवाद देखिनुका साथै तयारी समेत नपुगेकाले गाउँ सभा हुन नसकेको लुङ्ग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्