उदयपुरमा जबरजस्ती करणी गरेर फरार अभियुक्त ३ वर्षपछि पक्राउ ।। – Kanika Khabar
Friday, March 28Nepali News Portal

उदयपुरमा जबरजस्ती करणी गरेर फरार अभियुक्त ३ वर्षपछि पक्राउ ।।

    मा प्रकाशित

कनिका संवाददाता
असार ११, उदयपुर
जबरजस्ती करणी गरेर फरार प्रतिवादीलाई प्रहरीले ३ वर्षपछि पक्राउ गरेको छ । २०७४ कार्तिक २८ गतेदेखि फरार प्रतिवादी त्रियुगा नगरपालिका ३ बस्ने २० वर्षका संजय सदालाई उनकै घरबाट आज बिहान ३ वर्षपछि पक्राउ गरिएको हो । उनी विरुद्ध जिल्ला अदालत उदयपुरले जबरजस्ती करणी मुद्दामा ७ वर्ष ६ महिना २४ दिन कैद र १० हजार रुपैयाँ जरिवना तोकेको छ । उनलाई आजै जिल्ला अदालत उदयपुरमा फैसला कार्यन्वयन गर्नको लागि पठाएर कारागर चलान गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्