नेमकिपाको घोषणापत्र सार्वजनिक – Kanika Khabar
Monday, April 29Nepali News Portal

नेमकिपाको घोषणापत्र सार्वजनिक

    मा प्रकाशित

काठमाडौँ, ८ कार्तिक ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज काठमाडौंमा एक कार्यक्रम गरेर नेमकिपाले घोषणापत्र सार्वजनिक गरेको हो ।

पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा सार्वजनिक गर्दै नेपालको सम्पत्ति र पुँजीलाई विदेशमा लैजान नपाउने ऐन, कानुन तत्काल बनाउनुपर्नेमा जोड दिनुभयो ।

घोषणापत्रमा अपराधीको पक्ष लिने र अपराधलाई प्रोत्साहन गर्नेहरुलाई कानुन उल्लङ्घन गरेको अपराध मानी दण्ड, जरिवाना, असुल उपर गराउने गरी नयाँ विधेयक निर्माणका लागि पार्टीले आवाज उठाउने उल्लेख गरिएको छ ।

अध्यक्ष बिजुक्छेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताउनुभयो । घोषणापत्रको सारसंक्षेप प्रस्तुत गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले ठेक्का लिएर काम नगर्ने ठेकेदारहरुलाई कडा सजायका साथमा ठेक्काबाट वञ्चित गर्ने ऐन, कानुन बनाउन आफ्ना प्रतिनिधिहरुले संसद्बाट आवाज उठाउने बताउनुभयो । त्यस्तै मल, कारखाना खोल्ने, नहर र पानी पोखरीहरु बनाई सिँचाईको बन्दोबस्त गर्न सबै जिल्लामा कृषि विकासबारे योजना तत्काल सुरु गराउन आफूहरुले संघर्ष गर्ने पनि उहाँको भनाइ छ ।

नेमकिपाले नयाँ पुस्तालाई नागरिकशास्त्र, अर्थशास्त्र, भूगोल, इतिहास, संस्कृति र राजनीतिशास्त्रको अध्ययनमा ध्यान दिन सबै विश्वविद्यालयलाई घच्घच्याउने गरी शैक्षिक अभियान आवश्यक रहेको बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्